Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रुुडेन्सीयल इन्स्योरेन्सद्वारा सेयर मूल्य समायोजन

प्रुुडेन्सीयल इन्स्योरेन्सद्वारा सेयर मूल्य समायोजन


काठमाडौं ।
प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साताको पहिलो कारोबार दिन आइतबार आठ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य सात सय ७१ रुपैयाँ कायम गरेको छ । पछिल्लो पटक भने कम्पनीकोे प्रतिकित्ता आठ सय ३३ रुपैयाँमा सेयर कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब १० करोड ८५ लाख ४६ हजार छ रुपैयाँबराबरको एक करोड १० लाख ८५ हजार चार सय ६६ कित्ता सेयर सूचीकृत रहेको छ । कम्पनीको कुल बजार पुँजीकरण भने नौ अर्ब २३ करोड ४१ लाख ९३ हजार एक सय ७८ रुपैयाँ पुगेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया