Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियाका ग्राहकहरूलाई अनलाइन सपिङमा १५ प्रतिशत छुट

एनआईसी एसियाका ग्राहकहरूलाई अनलाइन सपिङमा १५ प्रतिशत छुट


काठमाडौं ।
एनआईसी एसिया बैंकका ग्राहकहरूले अनलाइन किनमेल गर्दा १५ प्रतिशत छुुट पाउने भएका छन् । बैंकले सस्तो डिल, ग्यापुु, रिचार्जर, इन्फी स्टोर र खानपिनबाट अनलाइन किनमेल गर्दा १५ प्रतिशत नगद फिर्ताको योजना ल्याएको हो ।

नयाँ भेरियन्टको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरूले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिरहेका बेला हामी सबैले आ–आफ्नो स्तरबाट उचित सावधानी अपनाई महामारी रोकथामका लागि सहयोग गर्नुपर्ने आजको टड्कारो आवश्यकता छ ।

यस अवस्थामा विभिन्न अनलाइन माध्यमहरूले दैनिकरूपमा अत्यावश्यक सामग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसेर विभिन्न अनलाइनमार्फत २०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको हो ।

बैंकले सस्तो डिल, ग्यापुु, रिर्चाजर, इन्फी स्टोर र खानपीन फुड्स एण्ड टुुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरूप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त इ–कमर्स कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

यसका लागि ग्राहकहरूले बैंकको कार्डमार्फत इ–कमर्स तथा पोसबाट भुक्तानी एवं मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्नुहुनेछ । साथै, आफ्नो कार्डमा इ–कमर्स भुक्तानी सुविधा नलिनुभएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आइसर्भमार्फत सहजरूपमा आफ्नो कार्डमा इ–कमर्स सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

बंैकले हाल मुलुकभर रहेका तीन सय ५२ शाखा कार्यालयहरू, चार सय ७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको छ । २२ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया