Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको नयाँ वेबसाइट सञ्चालनमा

सिद्धार्थ बैंकको नयाँ वेबसाइट सञ्चालनमा


काठमाडौं ।
सिद्धार्थ बैंकले बैंकको नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ । आफ्नो वेबसाइटलाई परिष्कृत र परिमार्जन गरी अझ बढी ग्राहकमैत्री बनाई आम ग्राहकहरूलाई सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरूको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताहरूको सन्तुष्टि बढाउने उद्देश्यले नयाँ वेबसाइट सञ्चालनमा ल्याएकोे हो ।

आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजैरूपमा मोबाइल एवं कम्प्युटरबाट कुशलतापूर्वक चलाउन मिल्ने गरी विकास गरिएको छ भने ग्राहकहरूको कुनै पनि गुनासो तथा विषयहरूलाई सहज ढङ्गले सम्बोधन गर्न चाट, हेल्प डेक्स, क्वीक डाइलजस्ता एप्लिकेसनहरू राखिएका छन् ।

त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुवातसँगै नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने सुविधा समेत सुरुवात गरेको छ । आगामी दिनहरूमाअझ सहज विद्युतीय बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्दै जाने विषयमा प्रतिबद्ध रहेको जानकारी पनि बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया