Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकमा प्रधानमन्त्री ओलीको बचत खाता

नेपाल बैंकमा प्रधानमन्त्री ओलीको बचत खाता


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बैंकमा बचत खाता खोलेका छन् । बैंकका अनुसार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री ओलीले नागरिक एपको शुभारम्भ गर्दै उक्त एपमार्फत नेपाल बैंक लिमिटेडमा अनलाइन खाता खोलेका हुन् । नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्डसहितका विवरण समावेश गरिएको छ ।

नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिमकार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुनेछ । बैंकले हाल देशभर रहेका दुुई सय सातवटा शाखा, ४१ एक्स्टेन्सन काउन्टर, एक सय ४६ वटा एटीएमसहित डिजिटल बैंकिङमार्फत उच्चतम बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया