Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकले दियो किस्ताबन्दीमा ग्रीन बुटी ब्राण्डको म्याट्रेस किन्ने सुविधा

मेगा बैंकले दियो किस्ताबन्दीमा ग्रीन बुटी ब्राण्डको म्याट्रेस किन्ने सुविधा


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना क्रेडिट कार्डका ग्राहकहरूलाई ग्रीन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । बैंकका अनुसार आईबोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौताअनुसार किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याइएको हो ।

ग्राहकहरूले भौतिकरूपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कुल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ ।

आईबोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आईबोसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैयासम्मका म्याट्रेस उत्पादन गरिरहेको छ । ग्राहकहरूलाई छ महिना तथा एक वर्ष गरी दुईवटा किस्ताबन्दीको सुविधा दिइएको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया