नेपाल इन्भेष्टमेन्ट बैंकको ३३औं वार्षिक साधारणसभा

काठमाडौं, पुस २९
नेपाल इन्भेष्टमेन्ट बैंककोे ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । काठमाडौँको राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौँंमा सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नेपाल फाइनान्सियल रिर्पोटिङ सिस्टम (एनएफआरएस) बमोजिम तयार वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । सभाले २०७५–७६ सम्मको सञ्चित मुनाफाबाट २०७६ असार मसान्तसम्ममा कायम सेयर पुँजीको १० दशमलव पाँच प्रतिशत बोनस सेयर र आठ दशमलव पाँच प्रतिशत नगद लाभाशं दिने प्रस्ताव पनि पारित गरेको छ ।
बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब २२ करोड रूपैयाँ पुुगेको छ । बैंकले आव ०७५/७६ मा चार अर्ब १३ करोडको सञ्चालन मुनाफा कमाएको छ । त्यसैगरी बैंकको खुद नाफा तीन अर्ब ३२ करोड पुगेको छ र बैंकको निक्षेप आठ दशमलव ४५ प्रतिशतले बढेर एक खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी पाँच दशमलव २३ प्रतिशतले बढेर एक खर्ब २७ अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एनपीए) अनुपात दुुई दशमलव सात ७८ प्रतिशत रहेको छ ।
बैंकले हालमा विस्तारित शाखाहरू सहित गरेर ८२ वटा शाखा कार्यालय, १६ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजस्व संकलन एक्सटेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा तथा एक सय २४ वटा एटीएमबाट सेवा दिइरहेको छ । बैंक अफ दिइयर पाँच पटक प्राप्त गरिसकेको र युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड प्राप्त गरिसकेको जानकारी दिएको छ ।
ताजा अपडेट
- राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सुरु
- ज्योति विकास बैंकद्वारा सामुदायिक अस्पताललाई ‘बेबी वार्मर’ सहयोग
- लक्ष्मी बैंकको क्यूआर कोडबाट बसको टिकटको भुक्तानी
- मेगा बैंकको नयाँ शाखा कीर्तिपुरको नयाँबजारमा
- बजार परिसूचक २३ सय १५ अंकमा
- चोरीको मोटरसाइकलसहित २ जना पक्राउ
- कोरोनाबाट विदेशमा मात्र तीन सय १९ जना नेपालीको निधन
- माघ लागेपछि बढे पर्यटक
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- निःशुल्क स्वास्थ्य शिविर
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
तपाईको प्रतिक्रिया