Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकद्वारा अन्तरिक्ष प्रतिष्ठानका टोलीलाई रकम सहयोग

सानिमा बैंकद्वारा अन्तरिक्ष प्रतिष्ठानका टोलीलाई रकम सहयोग


काठमाडौं ।
सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपालको टोलीलाई रकम सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त टोलीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

नेपालको विद्यार्थीहरूबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपाली स्याट–२ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सोसम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ ।

सो टोलीलाई नेपालको पहिलो अन्तरिक्ष नेपाली स्याट–२ को निर्माण प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले ‘ड्रिम प्रोजेक्टको’ रूपमा नेतृत्व गर्दै आएका छन् । कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सन् २०२३ सम्म नेपाली स्याट–२ विद्यालय नामक स्याटलाइट निमार्णका लागि एउटा टिम निर्माण गर्नेछन् ।

यसअन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली स्याट–२ मा संलग्न दुई जनालाई अन्तरिक्ष निर्माण, प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरूप छात्रवृत्तिको प्रदान गरेको हो । देशभित्र विज्ञान तथा प्रविधिको अनवेषण तथा विकासको लागि सहयोग स्वरूप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. आभास मास्केलाई सो रकम उपलब्ध गराइएको बैकले जानकारी दिएको छ ।

अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताए । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले काठमाडौं उपत्यकाबाहिरका विपन्न तथा योग्य विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशभर ८६ शाखाहरू, १७ विस्तारित काउन्टर र ९६ एटीएम रहेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया