Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिर्धन उत्थान लघुवित्तद्वारा कोभिड १९ रोकथामको लागि दुई करोड १५ लाख सहयोग

निर्धन उत्थान लघुवित्तद्वारा कोभिड १९ रोकथामको लागि दुई करोड १५ लाख सहयोग


काठमाडौं ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कोरोना संक्रमण रोकथामको लागि रकम सहयोग गरेको छ । संस्थाले कोभिड १९ को नियन्त्रणको लागि दुई करोड १५ लाख ३१ हजार चार सय आर्थिक अनुदान सहयोग प्रदान गरेको हो ।

देशको सातै प्रदेश ७७ वटै जिल्लामा एक सय ८१ शाखा कार्यालय स्थापना गरी ग्रामीण क्षेत्रमा प्रभावकारीरूपले वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरिरहेकोमा कोभिड–१९ सक्रमणको दोस्रो लहर दिनानुदिन बढ्दो क्रममा देखिएको र संस्थाका ग्राहक सदस्यहरू पनि प्रभावित भएकोले निजहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा र सतर्कतासम्बन्धी सामग्री प्रयोग गरी व्यवसायको सुरक्षण एवं निरन्तरता दिन आपत्कालीन अवस्थामा संस्थाका सबै शाखा कार्यालयमार्फत संस्थामा आबद्ध भएका सवै ग्राहक सदस्यहरूले उपयोग गर्नेगरी दुई करोड १५ लाख ३१ हजार चार सय रुपैयाँ आर्थिक अनुदान सहयोग प्रदान गरेको जानकारी दिएको छ ।

यसरी प्रदान गरिएको रकमबाट संस्थामा आबद्ध सबै ग्राहक सदस्यले विषम परिस्थितिमा समेत आवश्यकताअनुसार छिटो, छरितो आवश्यक स्वास्थ्य सतर्कता सामग्री सावुन, स्यानिटाइजर, मास्कलगायतका स्वास्थ्य सामग्री खरिद गरी कोराना भाइरसबाट सुरक्षित हुन ठूलो सहयोग पुग्ने संस्थाले विश्वास लिएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६–०७७ मा कोरोना भाइरस महामारीको प्रतिकूल अवस्थाको कारण ग्राहक सदस्यहरूका परियोजना आंशिकरूपमा बन्द भएकोले त्यस्ता ग्राहक सदस्यहरूलाई दुई करोड नौ लाख २९ हजार सात सय व्यवसाय पुनस्र्थापनाको लागि राह तथा अनुदान प्रदान गरेको थियो ।

कोभिड–१९ को संक्रमणका कारण सिर्जित विषम परिस्थितिको कारणले संस्थाका ऋणी सदस्यहरूको व्यवसाय सञ्चालन सहजरूपमा सञ्चालन हुन नसकेकोले आंशिक वा पूर्णरूपमा व्यवसाय बन्द भएका एक सय ८१ शाखा कार्यालयहरूका समस्यामा परेका तथा अति प्रभावित सात हजार दुई सय ५० ऋणी सदस्यहरूलाई संस्थाले चालू आव २०७७–०७८ को २०७७ भाद्र माहिनामा प्रतिऋणी सदस्य १० हजार रुपैयाँका दरले सात करोड २५ लाख रुपैयाँ व्यवसाय पुनस्र्थापनको लागि आर्थिक अनुदान प्रदान गरेको जनाएको छ ।

देशमा रहेको आर्थिक, सामाजिक तथा मानसिक गरिबी र त्यसबाट सिर्जित असमानता कम गर्ने उद्देश्यले स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २०७७ चैत्र मसान्तसम्म तीन लाख ७८ हजार चार सय ५८ विपन्न गरिब परिवारलाई प्रभावकारीरूपले वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरिरहेको छ ।

संस्थाले समस्यामा परेका ऋणीको व्यवसाय सुरक्षण एवं पुनस्थार्पना गर्न तथा ग्राहकहरूको शिक्षा तथा क्षमता विकास गर्नको लागि ग्राहक सदस्यहरूलाई समय परिस्थिति र आवश्यकताअनुसार समय–समयमा आकस्मिक राहत तथा अनुदान प्रदान गर्दै आइरहेको जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया