Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघोडीघोडा लघुवित्तको नाफा ३६ लाख रुपैयाँले ऋणात्मक

घोडीघोडा लघुवित्तको नाफा ३६ लाख रुपैयाँले ऋणात्मक


काठमाडौं ।
घोडीघोडा लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३६ लाख ६८ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले २१ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी दुई करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ३६ करोड तीन लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७८ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १३ लाख ७२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव ६८ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ३२ करोड ७० लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९६ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३१ लाख ८५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया