Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योरेन्सको साधारणसभा स्थगित

जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित


काठमाडौं ।
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीको शुक्रबार अपरान्ह २ः३० बसे बसेको सञ्चालक समितिको ४२औं बैठकको निर्णयले हाल संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि सञ्चालन गर्न नपाइने र १५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारणसभा स्थगित गरिएको जनाएको छ ।

कम्पनीले २०७८ वैशाख २६ गतेका दिन साधारणसभा आह्वान गरेको थियो । कम्पनीले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्पूर्ण सेयरधनीहरूलाई जानकारी गराएको छ ।

वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन कार्यक्रम रहेको हुँदा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रमबमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रम समेत स्थगित गरिएको कम्पनीले जनाएको छ । विशम परिस्थितिमा विशेष सावधानी अपनाउन र सजक रहनको लागि सबैमा कम्पनीले आग्रह समेत गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया