Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २६ सय १८ अंकमा

सेयर बजार परिसुचक २६ सय १८ अंकमा

१८ दसमलव ५६ अंकले बजार ओरालो लाग्दा छ अर्ब १४ करोडको सेयर किनबेच


काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक १८ दसमलव ५६ अंकले ओरालो लागेर २६ सय १८ दसमलव ५६ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ३१ अंकले ओरालो लागेर चार सय ७० दसमलव ७३ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत कुल दुई सय १९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ७५ हजार ४६ पटकको कारोवाारमा एक करोड २७ लाख २८ हजार एक सय २५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट यसदिन कुल कारोवार रकम छ अर्ब १४ करोड ८९ लाख ६६ हजार सात सय ७२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा कारोवार भएका सबै उपसमुहको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा आदि समुहको सुचक उच्च अंकले घटेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया