Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुवित्तको तेस्रो त्रैमासिक नाफा ५१ करोड ८१ लाख

डिप्रोक्स लघुवित्तको तेस्रो त्रैमासिक नाफा ५१ करोड ८१ लाख


काठमाडौं ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २६ करोड ४२ लाख ४१ हजार सात सय १५ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा छ अर्ब ३१ करोड ११ लाख सात हजार आठ सय ७६ रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ११ करोड १२ लाख ५७ हजार नौ सय आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९८ करोड ६८ लाख ८१ हजार छ सय ३४ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ५३ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले चार अर्ब ८९ करोड ५९ लाख ५३ हजार एक सय १५ रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब छ करोड ८१ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६६ करोड ७६ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २२ करोड ६७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ५८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया