Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तले कमायो ४२ करोड ७२ लाख

एनआईसी एसिया लघुवित्तले कमायो ४२ करोड ७२ लाख


काठमाडौं ।
एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४२ करोड ७२ लाख चार हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १२ करोड २७ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ७६ करोड ६१ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ८८ करोड ४२ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ९२ करोड ९८ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १८ करोड ५२ लाख ७७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब एक करोड ३८ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब २२ करोड ८२ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया