Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्स्योरेन्स कम्पनीको नाफा १७ करोड

नेपाल इन्स्योरेन्स कम्पनीको नाफा १७ करोड


काठमाडौं ।
नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १७ करोड एक लाख २२ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब १५ करोड तीन लाख १३ हजार रुपैयाँ रहेको कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ७९ रुपैयाँ नौ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया