Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशुन्य दसमलव ५६ अंकले उकालो लाग्यो सेयर बजार

शुन्य दसमलव ५६ अंकले उकालो लाग्यो सेयर बजार


काठमाडौं ।
सेयर बजार परिसुचक सामान्य अंकले उकालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको बजार परिसुचक साताको चौथो कारोावार दिन आज बुुधबार शुन्य दसमलव ५६ अंकले उकालो लागेर २६ सय ७३ दसमलव ८८ अंकमा चढेको छ ।

क बर्गका कम्पनीह्रुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव १४ अंकले उकालो लागेर चार सय ७८ दसमलव ३८ अंकमा पुगेको छ । आज कुुल १३ वटा उपसमुह अन्तर्गतका दुई सय १५ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ६२ हजार नौ सय ७२ पटकको कारोवारमा एक करोड ४८ लाख ५४ हजार चार सय २२ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम भने पाँच अर्ब ३२ करोड ६० लाख ५२ हजार आठ सय एक रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये बाँणिज्य बैंक, ट्रेडिङ, लघुबित्त, जीवन बीमा, होटल तथा पर्यटन र अन्य उपसमुहको सुचक ओरालो लागेकाछन भने बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, फाईनान्स, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी उपसमुहको सुचकहरु उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया