Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकद्वारा कोरोना भाइरस नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग

सिद्धार्थ बैंकद्वारा कोरोना भाइरस नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग


काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरसको रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको छ । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा दुई लाख रुपैयाँका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो ।

हालको प्रतिकूल परिस्थितिमा तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्डअनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ भने बैंकले ग्राहकहरुको सहजताका लागि घरैमा बसी प्रविधिमैत्री डिजिटल माध्यमबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गर्दै आइरहेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पु-याइदिन पनि आग्रह गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया