Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लाइफको नाफा १० करोड ४२ लाख

गुराँस लाइफको नाफा १० करोड ४२ लाख


काठमाडौं ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा आठ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी सात रुपैयाँ चार पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २९ रुपैयाँ ३१ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया