Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकोरोना संक्रमणका कारण पूर्वबैंकर श्रेष्ठको निधन

कोरोना संक्रमणका कारण पूर्वबैंकर श्रेष्ठको निधन


काठमाडौं ।
पूर्वबैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बुधबार बिहान ११ बजे निधन भएको छ । मंगलबार राति ११ बजे उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो । केही समयदेखि संक्रमण भएपछि श्रेष्ठ अस्पताल भर्ना भएका थिए । बीचमा उनलाई केही सन्चो भएको थियो । त्यहीबेला अप्ठ्यारो भएपछि उनलाई आईसीयूमा राख्न लागिएको थियो । आफूलाई ठीक हुनलागेको र खासै समस्या नभएकाले आफ्नो बेड अरुलाई दिन उनले भनेका थिए । जब फेरि संक्रमणले च्याप्यो उनले अस्पतालमा बेड पाएनन् ।

लामो कसरतपछि प्रहरीको हस्पिटलमा बेड पाए । त्यहाँ हुँदा उनले आफूलाई ठीक हुनलागेको भन्दै केही साथीहरूलाई आफ्नो सेल्फी पनि खिचेर पठाएका थिए । उनको श्रीमती र छोरी छन् । दुवै जना विशेष काम परेर दिल्ली पुगेका छन् । दिल्लीमा उनीहरू दुवै जनालाई कोरोना संक्रमण देखिएको थियो । अस्ति संक्रमणमुक्त भएको रिपोर्ट आएको थियो । उनीहरू दुवै जना बुुधबार नेपाल आउँदै छन् ।

पूर्वबैंकर श्रेष्ठ माछापुच्छ्रे  बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए । बीचमा केही दिनलाई सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए । तर बोर्डमा लफडा भएपछि उनी कार्यालय नै नगई बाहिरिएका थिए । तत्कालीन ग्रीनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए । श्रेष्ठले केही समय ग्लोबल आईएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए । एनआईसी एसिया बैंकमा पनि काम गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया