Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२६ सय ८४ अंकमा पुगेर रोकियो सेयर बजार

२६ सय ८४ अंकमा पुगेर रोकियो सेयर बजार


काठमाडौं ।
सेयर बजार परिसुचक २७ सय अंकको नजिक पुगेर रोकिएको छ । अघिल्लो दिन सामान्य अंंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार १० दसमलव १३ अंकले उकालो लागेर २६ सय ८४ दसमलव चार अंकमा पुगेर रोकिएको हो ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव दुई अंंकले उकालो लागेर चार सय ७९ दसमलव ५० अंकमा पुगेर रोकिएको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ८६ हजार दुई सय ९६ पटकको सेयर कारोवारमा दुई करोड १९ लाख ५५ हजार नौ सय ४३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज सात अर्ब १२ करोड ६८ लाख ८५ हजार दुई सय ८० रुपैयाँको सेयर किनबेच हुन पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये नौ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने चार वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, अन्य, लघुबित्त र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक उकालो लागेका छन् भने ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया