Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १२ सय ६३ अंकमा

बजार परिसूचक १२ सय ६३ अंकमा


काठमाडौं, माघ १
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक सात दशमलव ४८ अंकले ओरालो लागेर १२ सय ६३ दशमलव ३८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन दुई अंकले ओरालो लागेर दुुई सय ७४ दशमलव २८ अंकमा झरेको छ । यसदिन कुुल एक सय ८३ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ११ हजार तीन सय १० वटा कारोबारमा ३७ लाख ६६ हजार नौ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब दुुई करोड ६४ लाख ४३ हजार छ सय ६६ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सातवटा समूहको सूचक ओरालो लागेका छन् भने पाँचवटा समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १० दशमलव ३६ प्रतिशतले ओरालो लागेर ११ सय १६ दशमलव ७६ अंकमा झरेकोमा जलविद्युुत् समूहको सूचक पनि ११ दशमलव ३५ अंकले ओरालो लागेर एक हजार २३ दशमलव छ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ४८ दशमलव आठ अंकले ओरालो लागेर पाँच हजार ७८ दशमलव ७२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ५१ दशमलव ६६ अंकले ओरालो लागेर छ हजार तीन सय ७७ दशमलव १२ अंकमा झरेको छ । यीबाहेक उत्पादनमूलक, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव ६८, आठ दशमलव ७२ र शून्य दशमलव शून्य आठ अंकले ओरालो लागेका छन् । विकास बैंक समूहको सूचक भने यसदिन शून्य दशमलव सात अंकले उकालो लागेर १७ सय चार अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि आठ दशमलव ४४ अंकले उकालो लागेर छ सय १८ दशमलव ३३ अंकमा चढेकोे छ । यीबाहेक ट्रेडिङ, होटल र अन्य समूहको सूचक पनि क्रमशः ६५ दशमलव सात, पाँच दशमलव ४१ र पाँच दशमलव २१ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको रैराङ हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० रूपैयाँले बढेर एक सय १० रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मूल्य पनि १० रूपैयाँले बढेर २३ सय २१ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक मञ्जुुश्री फाइनान्स, नेपाल फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य आठ रूपैयाँ ६२ पैसाले घटेर ५३ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको बरुण हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य छ रूपैयाँ ३१ पैसाले घटेर ८९ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, सर्पोट माइक्रोफाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन प्रभुु बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । प्रभुुको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय ५६ रूपैयाँ अन्तिम मूल्यमा ११ करोड ४३ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता २२ सय २० रूपैयाँ अन्तिम मूल्यमा सात करोड २७ लाख दुई हजार एक सय छ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया