लुम्बिनी विकास बैंकले बोनस सेयर दिने
काठमाडौं, माघ १
लुम्विनी विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा मंगलबार १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाद्वारा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, आव २०७६ आसार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरणलगायतका अनुसूचीहरू पारित गरेको छ ।
सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको पाँच प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने निर्णय पारित गरेको छ । उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी दुुई अर्ब ७१ करोड ६३ लाख पुगेको छ । लिमिटेडले निरन्तर सहयात्रा भन्ने नाराका साथ देशभरका ६६ शाखाहरू र १६ वटा एटीएमबाट आफ्ना करिब दुुई लाख ४० हजार ग्राहक महानुभावहरूलाई उच्चस्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकको २०७६ मंसिर मसान्त सम्म कर्जा लगानी २३ अर्ब ९४ करोड, साथै निक्षेप संकलन २७ अर्ब आठ करोड रूपैयाँ रहेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई निःशुल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्कअन्तर्गतको एटीएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया