Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारअभियान लघुवित्त वित्तीय संस्थाको नाफा एक करोड

अभियान लघुवित्त वित्तीय संस्थाको नाफा एक करोड


काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड दुई लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ५५ लाख आठ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।

हाल चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १६ करोड ८९ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड ८० लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड दुई लाख २९ हजार रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक करोड एक लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी १४ करोड एक लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५६ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्व्रिmय कर्जा शून्य रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया