Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तले कमायो १० करोड ४७ लाख

इन्फिनिटी लघुवित्तले कमायो १० करोड ४७ लाख


काठमाडौं ।
इन्फिनिटी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ४७ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ६५ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २६ करोड छ लाख ५० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ८६ करोड १८ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २८ करोड तीन लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह छ ।

सो अवधिमा १९ करोड २८ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८४ लाख ४९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव शून्य दुई प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ६४ करोड ३१ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९४ करोड ३७ लाख ६६ हजार रुपैयााँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ३५ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६६ लाख ७६ हजार रुपैयाँ रहेको थियो निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ६९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया