Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारआँधीखोला लघुवित्तको नाफा दुई करोड ९० लाख

आँधीखोला लघुवित्तको नाफा दुई करोड ९० लाख


काठमाडौं ।
आँधीखोला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड ९० लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड १७ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ३६ करोड ५२ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब चार करोड १५ लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ५७ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४२ लाख १५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले २७ करोड ९० लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७० करोड ९३ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ३० लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड छ लाख ७६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ४४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया