Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरेलुु लघुवित्तको नाफा घट्यो

घरेलुु लघुवित्तको नाफा घट्यो


काठमाडौं ।
घरेलु लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २७ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ५९ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी सात करोड तीन लाख ५० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा नौ करोड १५ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३४ करोड ७० लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ७५ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३८ लाख ६२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३३ प्रतिशत रहेको थियो ।

गत आवको सोही अवधिमा संस्थाले चार करोड ३५ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी २१ करोड १७ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९८ लाख दुई हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार लाख ७७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव १० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया