Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिर्मिरे लघुवित्तले कमायो १४ करोड ७५ लाख

मिर्मिरे लघुवित्तले कमायो १४ करोड ७५ लाख


काठमाडौं ।
मिर्मिरे लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ७५ लाख दुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ९९ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ८७ करोड ६७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ५० करोड ४७ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २९ करोड ३४ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २६ प्रतिसत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर सात दशमलव ३५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ४५ करोड ७२ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५० करोड ८७ लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड १७ लाख रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया