Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी जनरल इन्स्योरेन्सको नाफा १३ करोड ७७ लाख

लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा १३ करोड ७७ लाख


काठमाडौं ।
लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १३ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १२ करोड चार लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्र्रो त्रैमासमा प्रति सेयर आम्दानी १६ रुपैयाँ आठ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ९५ रुपैयाँ १४ पैसा रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया