Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएसियन लाइफको नाफा १८ करोड २१ लाख

एसियन लाइफको नाफा १८ करोड २१ लाख


काठमाडौं ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १८ करोड २१ लाख ११ हजार आठ सय आठ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १३ करोड सात लाख २२ हजार छ सय ४७ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब एक करोड सात लाख ६० हजार सात सय २७ रुपैयाँ रहेको कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १२ रुपैयाँ आठ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ४० रुपैयाँ ८४ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया