Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औँ वार्षिक साधारणसभा

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औँ वार्षिक साधारणसभा


काठमाडौं ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले सोमबार कम्पनीको प्रधान कार्यालय, हात्तीसार, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तव्य राखेका थिए ।

सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको आठ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव ४२ प्रतिशतको रकमबराबरको नगद लाभांश पारित गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १३ करोड ३३ लाख ४१ हजार रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी एक अर्ब नौ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ चार पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ६८ रुपैयाँ ४० पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया