Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको ‘वैभव’ बचत खाता

महालक्ष्मी विकास बैंकको ‘वैभव’ बचत खाता


काठमाडौं ।
महालक्ष्मी विकास बैंकले वैभव बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार आफ्नो २७औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक पाँच दशमलव ५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याइएको हो । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइनमार्फत ग्राहकहरूले सजिलै यो खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।

उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभव बचत खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट र मेरो सेयरजस्ता आवश्यक सुविधाहरूमा प्रथम वर्षको लागि शतप्रतिशत छुट प्रदान गरिएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै कनेक्ट आईपीएसको सुविधा पनि रहेको छ ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया