Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार परिसुचक २८ सय १६ अंकमा

बजार परिसुचक २८ सय १६ अंकमा


काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार छ दसमलव पाँच अंकले ओरालो लागेर २८ सय १६ दसमलव ५६ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ५१ अंकले ओरालो लागेर पाँच सय तीन दसमलव ९९ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गतका दुई सय १९ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट एक लाख १२ हजार एक सय ४८ पटकको कारोवारमा दुई करोड ३४ लाख ६५ हजार छ सय ७५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय आठ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये छ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने सात वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, उत्पादनमुुलक, होटल तथा पर्यटन, अन्य र लगानी उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने ट्रेडिङ, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक भने उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया