नबिल बैंकको थप २३ स्थानमा शाखा
काठमाडौं, माघ २
नबिल बैंकले थप २३ स्थानमा शाखा विस्तार गरेको छ । पछिल्लो समयमा नेपालको विकसित, अर्धविकसित तथा ग्रामीण स्थानहरूमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउदै एवं अत्यावश्यक वित्तीय सेवाको प्रत्याभूत गराउँदै आएको नबिलले आम जनमानसमा सरल र सुलभ वित्तीय पहुँच पु-याउने उद्देश्यका साथ नेपालको विभिन्न स्थानमा हाल स्थापित भएका शाखाहरू अतिरिक्त थप २३ स्थानमा आफ्ना शाखा सञ्जाल बढाएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यसरी बढाइएका शाखाहरूमा प्रदेश १ मा इनरुवा, विराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट, प्रदेश २ मा र्मिचैया, गोलबजार, सिराहा र चन्द्रपुर, प्रदेश ३ मा कमलविनायक, हात्तीगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा, प्रदेश ४ मा गैँडाकोट, दलदले र कावसोती र प्रदेश ५ मा चन्द्रौटा, बर्दाघाट र मणिग्राम रहेका छन् । सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समयानुकूल सेवा प्रदान गर्दै आएको नबिलको एक सय दुुईवटा शाखा, एक सय ४३ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन्् । साथसाथै बैंकले देशव्यापीरूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया