Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय बीमा कम्पनीको नाफा २७ करोड १२ हजार

राष्ट्रिय बीमा कम्पनीको नाफा २७ करोड १२ हजार


काठमाडौं ।
राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २७ करोड १२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ५३ करोड ४३ लाख ९० हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रूपैयाँ रहेको कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी एक सय ३५ रूपैयाँ दुई पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२ सय ६३ रूपैयाँ ८८ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया