Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमता लघुवित्तले कमायो छ करोड ६० लाख

समता लघुवित्तले कमायो छ करोड ६० लाख


काठमाडौं ।
समता लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ६० लाख आठ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ३८ लाख ४५ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २२ करोड ९३ लाख ४० हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८२ करोड ७० लाख ४४ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २३ करोड ७५ लाख ४० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिम ११ करोड ६४ लाख ६३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार लाख चार हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ६३ करोड ८९ लाख ५६ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६५ करोड ३५ लाख २२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड २२ लाख दुई हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड दुई लाख ९१ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ११ प्रतिसत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया