Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेष्टमेन्ट बैंकद्वारा भिमसेन मन्दिर पुनर्निर्माणका लागि ५० लाख रूपैयाँ सहयोग

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा भिमसेन मन्दिर पुनर्निर्माणका लागि ५० लाख रूपैयाँ सहयोग


काठमाडौं, माघ २
नेपाल इन्भेष्टमेन्ट बैंकले भिमसेन मन्दिर पुनर्निर्माणका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ । बैंकका अनुुसार उक्त रकम भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई बुुधबार एक समारोहबीच हस्तान्तरण गरिएको हो । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजारस्थित व्यापारीवर्गहरूको आराध्य देवताको रूपमा रहेको भिमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्लास्थित विभिन्न जातीय समाज, व्यापारिक वर्ग, संघसंस्था, मंगल टोल सुधार समितिसमेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिमार्फत स्थानीय तवरबाट नै आर्थिक स्रोत जुटाउने गरी मन्दिरको पुनर्निर्माणको कार्य दु्रत गतिमा भइरहेको छ ।

‘हाम्रो सम्पदा हामी आफैँ बनाउन सक्छौँ’ भन्ने नाराका साथ काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपनबाहेक चार करोड ९३ लाखको अनुमानित लागतमा सुरु गरिएको भिमसेन मन्दिरको पुनर्निर्माणका लागि विभिन्न संघसंस्था, व्यक्ति, व्यापारीवर्ग, वित्तीय संस्था, स्थानीय सरकार, प्रदेश सरकार, सांसदहरूबाट समेत आर्थिक सहयोग प्राप्त भइरहेको छ ।

सोही क्रममा बैंकका तर्फबाट मन्दिर पुनर्निर्माणका लागि बैंकका अध्यक्ष एवं सम्पदाप्रेमी पृथ्वीबहादुर पाँडेले आफ्नो प्रतिबद्धताअनुरूप हाललाई ५० लाखको आर्थिक सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाँण्डेमार्फत हस्तान्तरण गरेका हुुन् । आर्थिक सहयोग ग्रहण गर्दै समितिका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल इन्भेष्टमेण्ट बैंकको उदारताका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै प्राप्त रकमले पुनर्निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताए । समितिका सदस्य सचिव मनोजबहादुर न्याछ्योंद्वारा ललितपुर उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चालित उक्त कार्यक्रममा उपाध्यक्ष किरणमान प्रधानले धन्यवाद ज्ञापन गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया