Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिखर इन्स्योरेन्सको नाफा ३६ करोड ३२ लाख

शिखर इन्स्योरेन्सको नाफा ३६ करोड ३२ लाख


काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३६ करोड ३३ लाख २० हजार आठ सय ५८ रूपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३२ करोड ९५ लाख १८ हजार नौ सय ३१ रूपैंयाँ रहेको छ ।

हाल चुक्ता पुँजी एक अर्ब ७५ करोड ८५ लाख २४ हजार रूपैंयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी २७ रूपैयाँ ९३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय १६ रूपैयाँ ३९ पैसा रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया