Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएभरेष्ट इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १४ करोड ८२ लाख

एभरेष्ट इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १४ करोड ८२ लाख


काठमाडौं ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ८२ लाख ८७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १३ करोड ३३ लाख ४१ हजार रूपैयाँ रहेको छ ।
हाल चुक्ता पुँजी एक अर्ब नौ करोड ५९ लाख ३० हजार रूपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १८ रूपैयाँ चार पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ६८ रूपैयाँ ४० पैसा रहेको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया