Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक इन्टरनेसनलद्वारा विशेष सभा आह्वान

सिटिजन्स बैंक इन्टरनेसनलद्वारा विशेष सभा आह्वान


काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विशेष साधारणसभाको आह्वान गरेको छ । बैंकले यही जेठ २७ गते सातौँ वार्षिक साधारणसभाको आह्वान गरेको हो । बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा हुने उक्त सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बैंकका अनुसार उक्त सभासम्बन्धी प्रयोजनको लागि यही जेठ २१ गते बैैकको सेयर दर्ता किताब बन्द हुनेछ ।

यसैबीच सिटिजन्स बैंकमा प्राप्ति प्रक्रियामार्फत समाहित हुनलागेको सिर्जना फाइनान्सले पनि सोही दिन विशेष सभाको आह्वान गरेको छ । संस्थाको केन्द्रीय कार्यालय विराटनगरमा हुने उक्त सभाले प्राप्तिमा जाने प्रस्ताव पारित गर्नेछ । संस्थाका अनुसार उक्त सभासम्बन्धी प्रयोजनको लागि यही जेठ १८ गते उक्त संस्थाको सेयर दर्ता किताब बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया