Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारप्राइम कमर्सियल बैंकद्वारा वीर हस्पिटललाई स्वास्थ्य सामग्री सहयोग

प्राइम कमर्सियल बैंकद्वारा वीर हस्पिटललाई स्वास्थ्य सामग्री सहयोग


काठमाडौं ।
प्राइम कमर्सियल बैंकले वीर हस्पिटललाई स्वास्थ्य सामग्रीहरू सहयोग गरेको छ । कोभिड­१९ विरुद्धको लडाइँमा संस्थाको सहयोगलाई निरन्तरता दिने क्रममा हाल कोभिड­१९ का बिरामीहरूलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको वीर अस्पताललाई करिब ३० लाखबराबरको पीपीई सेट, पोर्टेबल अक्सिजन सिलिन्डर, फेस मास्क, स्यानिटाइजर, अक्सिजन ट्रलीलगायतका सामग्रीहरू सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार उक्त सामग्रीहरू बैंकका सञ्चालक मनोज पौडेलले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् । यसअघि पनि बैंकले विभिन्न अस्पतालहरूलाई सहयोग गरेको थियो ।

बैंकले सुदूरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमशः ६० थान तथा ४० थान अक्सिजन सिलिन्डर वितरण गरेकोमा बैंकले कोभिड­१९ विरुद्धको लडाइँमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने जानकारी दिएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया