Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईसीएफसीको १६औं साधारणसभा

आईसीएफसीको १६औं साधारणसभा


काठमाडौं, माघ २
आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सको मंगलबार सम्पन्न सभाबाट आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश तथा पाँच प्रतिशत बोनस सेयर दिने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।सभाले संस्थाको नियामावलीअनुसार सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वाचित हुनुभएका तीन जना सञ्चालकहरू टंकराम गौतम, अच्युतराज आचार्य र श्रीमती हेमशिखा जोशी गर्गलाई आगामी चार वर्षको लागि सर्वसम्मत सञ्चालकमा चयन गरेकोे छ ।

साथै, आर्थिक वर्ष २०७६/७७ को लागि बा≈य लेखापरीक्षक एसएआर एसोसिएट्सलाई नियुक्त गरेको छ । चुक्ता पुँजी ८८ करोड २१ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो १८ वटा शाखा तथा एउटा एक्सटेन्सन काउन्टार र १७ वटा एटीएममार्फत ७८ हजारभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । फाइनान्सले ११ अर्ब ३९ करोड निक्षेप संकलन गरी नौ अर्ब ३९ करोड कर्जा प्रवाह गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया