Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजारमा झिनो अंकले गिरावट

सेयर बजारमा झिनो अंकले गिरावट

तर कारोवार रकमले बनायो हालसम्म कै उच्च रेर्कड


काठमाडौं ।
सेयर बजार परिसुचक सामान्य अंकले ओरालो लागेको छ । साताको अन्तिम कारोवार दिन बिहिबार बजार परिसुचक एक दसमलव दुई अंकले ओरालो लागेर २८ सय १५ दसमलव ३९ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव २८ अंकले ओरालो लागेर पाँच सय तीन दसमलव ७० अंकमा झरेको छ । यि दुुबै सुचकमा सामान्य अंकले गिरावट देखिएपनि यसदिन कारोवार रकमले भने हालसम्म कै उच्च रेर्कड बनाएको छ ।

आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १५ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख ४५७ हजार चार सय ९३ पटकको कारोवारमा चार करोड १८ लाख १३ हजार नौ सय ९४ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम १४ अर्ब ७६ करोड ८८ लाख आठ हजार चार सय ९२ रुपैयाँ पुगेको छ ।

आज कारोवार भएका कुल उपसमुहरु मध्ये छ वटा उपसमुहको सुचक ओरालो लागेपनि बाँकी सात वटा उपसमुहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, जीवन बीमा, होटल तथा पर्यटन, लघुबित्त, अन्य र लगानी समुहको सुचकहरु ओरालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहरुको सुचक भने उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया