Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण


काठमाडौं, माघ २
सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । बैंकका अनुुसार सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरूलाई प्रतिव्यक्ति २० हजार रूपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता नवीकरण गरिएको हो । बैंकले प्रत्येक नारी बचत खाताबापत बैंकको तर्फबाट मासिक एक रूपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।

बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा सानिमा बंैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक डा. विष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका हुुन् । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरूको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया