Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बीमादाबी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बीमादाबी भुक्तानी


काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २५ लाख रूपैयाँ बीमादाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार लहान शाखाबाट २५ लाख रूपैयाँको घातक रोगदाबी भुक्तानी गरिएको हो । बिहीबार सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनको भतिज गोविन्द अग्रवाललाई घातक रोगदाबी रकम २५ लाख रूपैयाँ बीमांक रकमबापत भुक्तानी गरिएको हो ।

शकुन्तला कुमारी पोद्दारले २०७६ असोज २७ गते २५ लाख रूपैयाँबराबरको जीवन अमृत योजना खरिद गरेकी थिइन् । दाबी भुक्तानी कार्यक्रममा शाखा प्रमुख सञ्जय कुमार सिंह, सिनियर एजेन्सी मेनेजर मोहन झा र पोद्दारको सपरिवारको उपस्थिति रहेको थियो । बीमादाबी भुक्तानी लिँदै गर्दा बीमितको भतिजा गोविन्द अग्रवालले घातक रोगदाबी भुक्तानी सरल र सहजरूपमा पाएको बताएका छन् । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३२ करोड २५ लाख ७० हजार सात सय २९ रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ३१ करोड ५६ लाख २१ हजार तीन सय ४९ रूपैयाँ खुुद मुनाफा कमाएको थियो ।

चुक्ता पुँजी तीन अर्ब ३९ करोड आठ लाख ८९ हजार दुुई सय तीन रूपैयाँ रहेको कम्पनीको चालू आवको पछिल्लो अवधिमा प्रतिसेयर आम्दानी १२ रूपैयाँ ६८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३२ रूपैयाँ एक पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया