Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल माइक्रोफाइनान्सको तेस्रो त्रैमासिक नाफा २४ करोड ९१ लाख

नेशनल माइक्रोफाइनान्सको तेस्रो त्रैमासिक नाफा २४ करोड ९१ लाख


काठमाडौँ । नेशनल माइक्रोफाइनान्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २४ करोड ९१ लाख ६० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ११ करोड ३८ लाख २५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी ३१ करोड ९४ लाख ९५ हजार रूपैयाँँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ८० लाख ७३ हजार रूपैयाँ निक्षेप संकलन गरी सात अर्ब ३६ करोड ८५ लाख ४४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४५ करोड ५७ लाख ७७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ८६ लाख तीन हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ९९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५८ करोड ३१ लाख ६३ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब १५ करोड ३० लाख ३४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड १२ लाख ६८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ९१ लाख ५० हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुुई प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया