Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा कोभिड १९ का लागि ४९ लाख रुपैयाँ सहयोग

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा कोभिड १९ का लागि ४९ लाख रुपैयाँ सहयोग


काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ४९ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कोषअन्तर्गत कोरोना भाइरस (कोभिड १९) महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सातवटै प्रदेशका अस्पताल, आइसोलेसन केन्द्रहरूलाई सहयोग स्वरूप ४९ लाख रुपैयाँ सहयोग गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरूलाई प्रति अस्पताल, आइसोलेसन केन्द्र सात लाखका दरले जम्मा ४९ लाख रुपैयाँँ सहयोग गरेको हो ।

उल्लिखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, वाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी समय समयमा विभिन्न संघसंस्था लाई सहयोग गर्दै आएकोमा मुलुकमा कोभिड १९ को संक्रमणबाट उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारको तीनै तहका सरकारहरूबाट सोको रोकथाम, नियन्त्रण र उपचारमा भएको पहकदमीको हार्दिक सराहना गर्दै उनीहरूसँग हातेमालो गर्ने निर्णयस्वरूप सहयोग रकम प्रदान गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया