Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकद्वारा नेपालमै पहिलो पटक जारी गरिएको ऊर्जा ऋणपत्रमा देखियो आकर्षण

एनएमबी बैंकद्वारा नेपालमै पहिलो पटक जारी गरिएको ऊर्जा ऋणपत्रमा देखियो आकर्षण


काठमाडौं ।
एनएमबी बैंकद्वारा नेपालमै पहिलो पटक ऊर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्यधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आइतबारदेखि बिक्री खुला गरिएकोमा पहिलो ४ कार्यदिनभित्रै अत्यधिक आवेदनको कारणले बिक्री बन्द गरिएको हो ।

एनएमबी बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा एक अर्ब ५० करोडबराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गरेको थियोे । यस ऋण पत्रबाट प्राप्त कोषलाई जलविद्युत् र अन्य नवीकरणीय ऊर्जा आयोजनाहरूमा लगानीको लागि उपयोग गरिनेछ । हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत् परियोजनाहरूलगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६ प्रतिशतभन्दा बढी रकमको प्रतिबद्घता गरिसकेको छ ।

उपयुक्त ऋणपत्र आह्वान गर्नुको मूलभूत उद्देश्य वास्तविक अर्थव्यवस्थाको समग्र विकासको लागि दिगो टेवा पु-याउने प्रतिबद्धताअनुरूप उत्तरदायी भूमिका निर्वाह गर्दै बैंकिङ सेवा प्रदान गर्नु रहेको बताइएको छ ।

हालको विषम परिस्थिति र यस महामारीको प्रभावका बाबजुद पनि विश्वास गरेर एनएमबी ऊर्जा ऋणपत्र खरिद गरी सहयोग र सदभाव प्रदान गरेकोमा सम्पूर्ण सुभेच्छुकहरू, लगानीकर्ता आवेदकहरू, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, नियमनकारी निकायहरू तथा सरोकारवालाहरू सबैप्रति एनएमबी बैंकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंकले देशभरिका एक सय ८१ शाखाहरू, एक सय ३७ एटीएमहरू, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया