Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वरोजगार लघुवित्तको नाफामा उच्च वृद्धि

स्वरोजगार लघुवित्तको नाफामा उच्च वृद्धि


काठमाडौं ।
स्वरोजगार लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड ८७ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ४१ करोड ८१ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २१ करोड ७१ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड सात लाख १५ हजरा रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६७ करोड ७४ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३५ करोड ४३ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड ७७ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ६३ लाख १३ हजार रुपैयाँ रहेको संस्थाको एक दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया