Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल सेवा लघुवित्तले कमायो छ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा

नेपाल सेवा लघुवित्तले कमायो छ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा


काठमाडौं ।
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ८८ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा एक लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी छ करोड १५ लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड ३८ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड ९९ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ५० लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर आठ दशमलव ३२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले १० करोड २० लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी ६२ करोड ८८ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ८६ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव ९१ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया