कालिका लघुवित्तले कमायो छ करोड ९७ हजार
काठमाडौं ।
कालिका लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ४१ लाख पाँच हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २० करोड ३५ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९९ करोड ४६ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ९१ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १३ करोड १४ लाख ७५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब पाँच करोड ८३ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ४२ करोड ५५ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड पाँच लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ८२ लाख ६९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव छ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
- अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
- १७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
- बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
- एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै
- रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध
- सेयर बजारमा झिनो अंकले सुधार
- कांग्रेसका नेता तथा सांसद टेक बहादुर गुरुङको निलम्बन फुकुवा !
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया