Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटलमा अनलाइनमार्फत लगानी व्यवस्थापन सेवा

एनआईसी एसिया क्यापिटलमा अनलाइनमार्फत लगानी व्यवस्थापन सेवा


काठमाडौं ।
एनआईसी एसिया क्यापिटल लिमिटेडबाट अनलाइनमार्फत लगानी व्यवस्थापन सेवा लिनसकिने भएको छ । आफ्नो स्थापनाकालदेखि नै लगानी व्यवस्थापन सेवा क्यापिटलको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँबाट प्रदान गर्दै आइरहेकोमा पछिल्लो समय यसलाई परिमार्जन गरी अनलाइनमार्फत सेवा दिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

लगानी व्यवस्थापन सेवाको माध्यमबाट सेयरबजारसम्बन्धी ज्ञान नभएका लगानीकर्ता तथा सेयरबजारसम्बन्धी ज्ञान भए पनि समय अभावको कारणले गर्दा सेयर कारोबार गरेर लाभ लिननसकेका आम लगानीकर्ताहरूलाई मध्यनजर गरी एनआईसी एसियाले लगानी व्यवस्थापन सेवा सञ्चालन गरिरहेको हो ।

हाल महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो लहरको संक्रमण देशव्यापीरूपमा दिनप्रतिदिन फैलिरहेको अवस्था र सोको रोकथाम, नियन्त्रण गर्नको लागि निषेधाज्ञा जारी गरिएको परिस्थितिमा लगानी व्यवस्थापन सेवालगायतका भौतिकरूपमा उपस्थित भई प्रदान गरिने सम्पूर्ण सेवाहरू पूर्णरूपमा बन्द भइरहेको अवस्थामा लगानीकर्ताहरूलाई सेयरबजारमा लगानी गरी प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ कम्पनीले लगानीकर्ताहरूलाई अनलाइनको माध्यमबाट लगानी व्यवस्थापन सेवाको लागि आवेदन दिनसक्ने व्यवस्था मिलाएको हो ।

लगानीकर्ताहरूले एनआईसी एसिया क्यापिटलको लगानी व्यवस्थापन सेवा अनलाइनमार्फत सहजरूपमा घरमै बसी सेयरबजारमा लगानी गरी अल्पकालीन र दीर्घकालीन फाइदा लिन सक्नेछन् । उक्त सेवा लिने ग्राहकहरूको लगानीसम्बन्धी निर्णय गर्दा सेयरबजारसम्बन्धी राम्रो ज्ञान र अनुभव भएका विज्ञ समूहबाट गरिने हुँदा लगानीकर्ताहरूलाई कम जोमिख बहन गरी उच्च प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त हुने देखिन्छ ।

अनलाइनमार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरूले एनआईसी एसिया क्यापिटलको वेबसाइटमा गई आफ्नो समयअनुकूल भर्चुअल मिटिङको लागि समय बुक गर्न सक्नेछन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया